खेल

च्याम्पियन्स लिग : बार्सिलोना लियोनसँग बराबरीमा रोकियो

काठमाडौं – च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना फ्रान्सेली क्लब लियोनसँग गोलरहित बराबरीमा रोकिएको छ।

मंगलबार राति घरेलु मैदानमा सम्पन्न पहिलो लेगमा गोलकिपर एन्थोनी लोपेजले उत्कृष्ट प्रदर्शन गरेपछि लियोन बार्सिलोनालाई बराबरीमा रोक्न सफल भयो। लियोनल मेस्सीको टिम बार्सिलोनाले लियोनको पोस्टमा २५ वटा सट प्रहार गरे पनि गोल गर्न सकेन।

मेस्सी, लुइस स्वारेज र फिलिप कौटिन्हो लयायतको एक दर्जन बढी प्रहारलाई लियोनका गोलकिपरले उत्कृष्ट बचाउ गरे। लियोनले पनि पाएको एक अवसरलाई सदुपयोग गर्न सकेन। उसका मार्टिन टेरियरको प्रहार बारमा लाग्न पुगेको थियो।

दोस्रो लेग मार्च १३ मा बार्सिलोनाको मैदानमा हुनेछ। सन् २०१५ पछि बार्सिलोनाले युरोपियन च्याम्पियनसिप जित्न सकेको छैन।

प्रकाशित: ८ फाल्गुन २०७५ ०३:१४ बुधबार

च्याम्पियन्स_लिग बार्सिलोना लियोन बराबरी एन्थोनी_लोपेज