काठमाडौं– फ्रोसिनोनेलाई ३–० गोल अन्तरले पराजित गर्दै लिग लिडर युभेन्टसले इटालियन सिरी ए फुटबलमा अपराजित यात्रा कायम राखेको छ।
युभेन्टसले शुक्रबार राति भएको खेलमा फोर्सिनानेलाई पराजित गर्दै ६६ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको नापोलीसम्ग १४ अंकको अग्रता बनाएको छ।
घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि पाउलो डिबालाले छैटौं मिनेटमा, लियोनार्डो कानुकीले १७ औं मिनेटमा र क्रिष्टियानो रोनाल्डो ६३ औं मिनेटमा गोल गरेका थिए।
यो खेलबाट युभेन्टसका लागि रोनाल्डोको २१ गोल पुगेको छ।
प्रकाशित: ४ फाल्गुन २०७५ ०२:३९ शनिबार