खेल

महिला फुटबलकाे महत्वपूर्ण खेलमा नेपाल भारतसँग भिड्दै

फाइल तस्बिर

काठमाडौँ -भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज (साेमबार) घरेलु टोली भारतसँग खेल्दैछ। म्यानमारसँग पहिलाे खेलमा पराजित भएपछि दबाबमा रहेकाे नेपाललाई अघिल्लाे चरणमा प्रवेश पाउन आजकाे खेल जित्नै पर्ने दबाब रहेकाे छ। खेल नेपाली समयानुसार आज साँझ ७ बजे  उडिसास्थित कालिङ्गा रङ्गशालामा हुनेछ।

पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० गोलले पराजित भएकाे थियाे। आजको खेलमा पराजित भएको खण्डमा नेपालको अघिल्लाे चरण प्रवेशकाे सम्भावना कमजोर बन्नेछ। प्रतियोगितामा एक/एक जित निकालेको भारत र म्यानमारको समान तीन/तीन अङ्क छ । नेपाल र इरानले भने अङ्क जोड्न सकेका छैनन्। साफ र ओलम्पिक छनोटको तयारीका लागि भारतले प्रतियोगिताको आयोजना गरेको हो।

प्रकाशित: २८ माघ २०७५ ०७:५२ सोमबार

महिला_फुटबल भारत नेपाल