खेल

टी–२० क्रिकेटमा भारतको लज्जास्पद आर

भारतलाई पराजित गरेपछि न्युजिल्याण्डका खेलाडी खुशी साट्दै । तस्बिर : एजेन्सी

वेलिङ्टन – भारतले बुधबार आफ्नो ट्वान्टी–२० शृंखलाको अहिलेसम्मकै लज्जास्पद हार बेहोरेको छ। वेलिङ्टनमा भएको पहिलो ट्वान्टी–२० खेलमा भारतलाई ओपनर टिम सेइफर्टको ८४ रनप्रेरित घरेलु टोली न्युजल्यान्डले  ८० रनको हार चखाएको हो।

भारतले २०१० मा अस्ट्रेलियालाई ४९ रनको नतिजा सुम्पिएपछिको यो अहिलेसम्मकै फराकिलो हार हो। ‘टोलीले सन्तुलित प्रदर्शन गर्यो,’ न्युजिल्यान्डका कप्तान केन विलियम्सनले भने। यसअघि सम्पन्न पाँच एकदिवसीय खेलको शृंखलामा भने न्युजिल्यान्डले  भारतलाई ४–१ को नतिजा सुम्पिएको थियो।

न्युजिल्यान्डले प्रस्तुत गरेको २ सय २० रनको लक्ष्य पछ्याएको भारत १९.२ ओभरमा १ सय ३९ रनमा सीमित भयो। भारतका विकेटकिपर महेन्द्रसिंह धोनीले सर्वाधिक ३९ रनको योगदान गरे। १८ रन जोड्दा ओपनर तथा कप्तान रोहित शर्मालाई गुमाएको भारतको इनिङ दोस्रो विकेटका लागि अर्का ओपनर शिखर धवनले विजय शंकरसँग ३३ रनको साझेदारी गर्दै उकास्ने प्रयास गरेका थिए। तर नवाैं ओभरमा लगातार २ विकेट गुमाएपछि भने भारत दबाबमा परेको थियो।

यसअघि सम्पन्न पाँच एकदिवसीय खेलको शृंखलामा भने न्युजिल्यान्डले  भारतलाई ४–१ को नतिजा सुम्पिएको थियो।

भारतले नवाैं ओभरको दोस्रो बलमा ऋषभ पन्त र चौथो बलमा शंकरलाई गुमायो। पन्त र शंकरलाई मिचेल सान्टनरले पवेलियनको बाटो देखाएका थिए। ११औं ओभरमा एस सोडीले दिनेश कार्तिक र हार्दिक पाण्ड्या आउट गरेसँगै भारत ७७–६ को कठिन स्थितिमा आएको थियो। साताैं विकेटका लागि धोनी र कुनाल पाण्ड्याले ५२ रनको साझेदारी गर्दै भारतको इनिङ थप अघि बढाउने प्रयास गरे पनि त्यो पर्याप्त भने भएन। धोनीले ६१ बलमा ५ चौका र १ छक्का प्रहार गर्दा कुनालले १८ बलमा १ चौका र १ छक्काको मद्दतमा २० रन बनाए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ यस १९ रनको योगफल खडा गरेको थियो। न्युजिल्यान्डका ओपनर सेफर्ट र कोलिन मुनरोले पहिलो विकेटका लागि ८६ रनको साझेदारी गर्दै टोलीलाई बलियो सुरुआत दिलाएका थिए।

सेफर्टले ४३ बलमा ७ चौका र ६ चौका प्रहार गरे। त्यस्तै मुनरो र विलियम्सनले समान ३४ रनको योगदान गरे। २० बलको सामना गरेका मुनरोले समान २ चौका र २ छक्का प्रहार गर्दा विलियम्सनले २२ बलमा २ छक्का प्रहार गरे। त्यस्तै रस टेलरले २३ रनको योगदान गरे। यस जितसँगै न्युजिल्यान्डले ३ खेलको शृंखलामा १–० को अग्रता लिएको छ।

प्रकाशित: २४ माघ २०७५ ००:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App