खेल

इतिहास रचेकाे नेपाली टाेलीलाई विमानस्थलमा भव्य स्वागत

स्वदेश फर्किएकाे नेपाली टाेली। तस्बिर : दिपेन्द्र/नागरिक

काठमाडाैं - युएई विरुद्धको एकदिवसीय र टी-२० सिरिज जितेको नेपाली टोली स्वदेश आइपुगेको छ। नेपाली टोली दिउँसो करिब ४ बजे त्रिभुवन विमानस्थल आइपुगेको हो।

टोलीलाई स्वागत गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, राखेपका सदस्य सचिव केशवकुमार विष्ट लगायत खेलकुद पदाधिकारीसँगै सयौंको संख्यामा खेलप्रेमिहरु विमानस्थल पुगेका छन्। समर्थकहरुले क्रिकेट टोलीको स्वागतमा नेपालकाे झण्डा बाेक्दै 'नेपाल नेपाल' भन्दै नारावाजी गरिरहेका छन्।

युएई विरुद्धको एकदिवसीय र टी-२० दुबै श्रृङ्खला नेपालले समान २-१ ले आफ्नो पक्षमा पार्दै इतिहास रचेको थियो।

प्रकाशित: २१ माघ २०७५ १०:२३ सोमबार

क्रिकेट सिरिज एकदिवसीय टी-२०_सिरिज त्रिभुवन_विमानस्थल