खेल

नेपालले पहिलाे खेल म्यानमारसँग खेल्ने

फाइल तस्बिर

काठमाडाैं - नेपालले भारतमा हुने अन्तर्राष्ट्रिय महिला फुटबलको पहिलो खेलमा म्यानमारसँग खेल्ने भएको छ। भारतीय फुटबल महासंघले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले माघ २६ गते म्यानमारसँग खेल्न लागेको हो। सोही दिन आयोजक भारत र इरानबीच उद्घाटन खेल हुनेछ।

राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको दोस्रो खेलमा माघ २८ गते भारतसँग खेल्नेछ भने समूहको अन्तिम खेलमा फागुन १ गते इरानसँग खेल्नेछ। प्रतियोगिताका शीर्ष दुई टोली फाइनल पुग्नेछन्। फाइनल खेल फागुन ३ गते हुनेछ। साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको बताएकाे छ।विराटनगरमा हुने साफ च्याम्यिनसिपको तयारीका लागि नेपाली महिला टाेली झापामा रहेको छ। उतैबाट टाेली मंगलबार भारत जाने छ।

 

प्रकाशित: १९ माघ २०७५ ११:०३ शनिबार

महिला_फुटबल फुटबल प्रतियोगिता