खेल

पुरुष तथा महिला ट्वान्टी–२० विश्वकप एकै वर्ष

सिड्नी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले अर्को वर्ष अस्ट्रेलियामा हुने पुरुष तथा महिला ट्वान्टी–२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ।

आइसीसीको तालिकाअनुसार पहिलो पटक पुरुष तथा महिला ट्वान्टी–२० विश्वकप एकै वर्ष र एकै देशमा हुन लागेको हो। तालिकाअनुसार १० महिला टोलीले २०२० को २१ फेब्रुअरिदेखि ८ मार्चसम्म प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्पmको ट्वान्टी–२० विश्वकप २०२० को १८ अक्टुबरदेखि १५ नोभेम्बरसम्म सञ्चालन हुनेछन्। १६ टिमको सहभागिता हुने प्रतियोगितामा कुल ४५ खेल खेलाइनेछ।

दुवै टोलीको फाइनल खेल मेलबर्नको एमसिजी स्टेडियममा हुनेछ। पुरुष तर्फको प्रतिस्पर्धामा पहिलो चरणका खेल १८ अक्टोबरदेखि २३ अक्टुबरसम्म चल्नेछन्। दुई समूहमा प्रतिस्पर्धा हुने प्रतियोगिताको समूह ‘ए’ मा श्रीलंकासहित ३ वटा राष्ट्रले छनोट खेल्नेछन भने अर्को समूह ‘बी’ बंगलादेशसहित छनोट भएका ३ टिमबीच खेल हुनेछ। दुवै समूहबाट शीर्ष २–२ टोली सुपर १२ मा पुग्नेछन्।

सुपर १२ मा सन् २०१८ को डिसेम्बर अन्तिमसम्म आइसिसी वरीयतामा रहेका ८ टिम सींधै पुगेका थिए। पहिलो राउन्डबाट छनोट हुने ४ टिम सुपर १२ मा पुग्नेछन्। सुपर १२ को खेल २४ अक्टोबर ८ नोम्बरसम्म सञ्चालन हुनेछन्।
समूह–१ मा पाकिस्तान, अस्ट्रेलिया, वेस्ट इन्डिज न्युजिल्यान्ड, पहिलो राउन्डको समूह ‘ए’ विजेता, पहिलो राउन्डको समूह ‘बी’ उपविजेताले स्थान बनाउनेछन् भने समूह–२ मा भारत, इङल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, पहिलो राउन्डको समूह ‘बी’ विजेता, पहिलो राउन्डको समूह ‘ए’ उपविजेता रहनेछन्। सोही प्रतियोगिताका लागि टेस्ट टिमद्वय जिम्बाब्वे र आयरल्यान्ड छनोट प्रतियोगिता खेल्दैछन्। तर छनोट प्रतियोगिताको तालिका भने सार्वजनिक भएको छैन।

नेपालको सम्भावना
मलेसियामा भएको एसियाको पहिलो चरणको खुट्किलो नेपालले पार गरिसकेको छ। उक्त चरणमा पछि नेपाल दोस्रो चरणमा पुगिसेको छ। अब नेपालले दोस्रो चरणको छनोट खेलपछि मात्र प्रतियोगितामा सहभागिताको टुङ्गो लाग्नेछ। दोस्रो चरणको क्षेत्रीय छनोट खेलमा नेपालसहित सिंगापुर, युएई, कुवेत, कतार र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ।

छनोट प्रतियोगिताको शीर्ष दुईमा अटाउन सके नेपाल विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। यसका अलाव ट्वान्टी–२० विश्वकप छनोटमा जिम्बाब्वेसहित अघिल्लो विश्वकप खेलेका ६ टिमले खेल्ने पक्का भइसकेको छ। क्षेत्रीय छनोट पार गर्ने बाँकी ८ टिम गरी १४ बीच छनोट हुनेछ। छनोटमा शीर्ष ६ स्थानमा परे नेपालले ट्वान्टी–२० विश्वकप खेल्न पाउनेछ।

प्रकाशित: १६ माघ २०७५ ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App