खेल

कर छली अभियोगमा रोनाल्डोलाई २ करोड १६ लाख डलर जरिवाना

तस्बिर : एएफपी

काठमाडौं– विश्वविख्यात फुटबलर क्रिस्टियानो रोनाल्डोलाई कर छली गरेको अभियोगमा स्पेनको एक अदालतले २ करोड १६ लाख डलर जरिवाना गरेको छ। उनलाई अदालतले २३ महिना जेल सजाय समेत सुनाएको थियो। 

उनले जरिवानाको फैसला स्वीकार गरेका छन्। यससँगै उनी अब जेल बस्नुपर्ने छैन्। स्पेनमा २ वर्षभन्दा कम समयावधिको सजाय भुक्तान गर्नुपर्दैन, जरिवाना तिरे पुग्छ। 

मंगलवार प्रेमिका जर्जिना रोर्डिगोसँगै अदालतमा उपस्थित भएका रोनाल्डोले सञ्चारकर्मीसँग अदालतको फैसलाको स्वागत गर्दै हाँस्दै भनेका थिए, ‘सब ठिक छ।’ 

पोर्चुगिस स्टार रोनाल्डो अहिले इटालियन क्लब युभेन्टसका लागि खेल्दै आएका छन्।

प्रकाशित: ८ माघ २०७५ १३:४३ मंगलबार

क्रिस्टियानो_रोनाल्डो कर_छली अदालत जरिवाना