खेल

विद्यार्थीद्वारा खेल सामग्री हस्तान्तरण

काठमाडौं– राजधानीस्थित धुम्वाराहीमा रहेको नेशनल कलेजका विद्यार्थीले गैह्रीधारामा नेपाल अटिजम केयर सोसाइटीलाई खेलकुद सामग्री हस्तान्तरण गरेका छन्। 

तेस्रो वर्षमा अध्यनरत विद्यार्थीले प्रोजेक्ट म्यान्जमेन्ट बिषयको क्रियाकलाप अन्तर्गत ‘गेमिंग फर च्यारिटी’ विषयक लुडो, बिङ्गो र उनो खेल कलेजमै आयोजना गरेर त्यसवाफत उठेको रकमबाट उक्त सामग्री खरिद गरी हस्तान्तरण गरिएको हो।  खेलबाट विद्यार्थीले १३ हजार संकलन गरी उक्त सामग्रीहरु खरिद गरेका थिए। 

हस्तान्तरण कार्यक्रममा कलेजका बोस संकायका कोर्डिनेटर डम्बर भट्टको उपस्थिति थियो। उनले अटिजमका बारेमा काठमाडौंभन्दा बाहिर पनि यसको शिक्षा फैलाउन जरुरत भएको र आउने दिनहरुमा कलेजले यस्ता सहयोग गरिरहने प्रतिवद्धता जनाए।

अटिजम संस्थाका प्रतिनिधिले अटिजमको सचेतना फैलाउन विभिन्न कार्यक्रममा सहकार्य गर्न सकिने कुरा बताए। कार्यक्रममा विद्यार्थीका तर्फबाट बोल्दै समुन्द्र तिमल्सिनाले उठाएको पैसा सामाजिक कार्यमा खर्चिन पाएकोमा आफूहरु हर्षित भएको बताउँदै सहयोग उठाउन खेल खेलेर सहयोग गरिदिने सम्पूर्णलाई धन्यबाद ज्ञापन गरे। 

कार्यक्रममा प्रोजेक्ट टिमका सदस्यहरु समिप नारयण श्रेष्ठ, अनिशा बस्याल, प्राथना कार्की, आभास बस्नेत र स्यामी राजेश्वोरी सिंहको सहभागिता रहेको थियो। 

प्रकाशित: २ माघ २०७५ ०४:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App