खेल

युएईद्वारा नेपालसामु जितका लागि १ सय ६ रनको लक्ष्य प्रस्तुत

फाइल तस्बिर

काठमाडाैं - थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेटमा युएईले नेपाललाई जितका लागि १ सय ६ रनको लक्ष्य दिएकाे छ। टस जितेर पहिले व्याटिङ गर्दै युएईले निर्धारित २० ओभर ६ विकेटको गुमाउँदै १ सय ५ रन वनाएको हो।

राम्रो सुरुवात गरेको युएईले ३५ रन वनाउँदा मात्रै पहिलो विकेटको रुपमा इशा ओजालाई व्यक्तिगत २८ रनमा गुमाएकाे थियाे। त्यसपछि २ रन जोड्दा दोस्रो विकेट लिन सफल भएको नेपाल तेस्रो विकेटको लागि भने ५२ रनसम्म कुर्नुपर्‍यो। त्यस्तै ९१ रनमा चौथो विकेट गुमाएको युएईले पाँचौ विकेट भने ९५ रनमा गुमायो।

नेपालका लागि सीता रानामगर, सोनु खड्का र करुणा भण्डारीले एक/एक विकेट लिए। नेपाल १ सय ६ रनको लक्ष्य पछ्याँउदै जवाफी व्याटिङ गरिरहेको छ। 

 

प्रकाशित: ३० पुस २०७५ ०९:१५ सोमबार

थाइल्याण्ड महिला_टी–२० स्मास_क्रिकेट