खेल

ला लिगामा बार्सिलोना र रियल मड्रिड विजयी

काठमाडौं– स्पेनिस ला लिगामा आइतवार राति भएका खेलमा बार्सिलोना र रियल मड्रिडसहित ४ टिम विजयी भएका छन्। 

लिग लिडर बार्सिलोनाले घरेलु मैदानमा भएको खेलमा एइबरलाई ३–० अन्तरले हरायो। बार्सिलोनाका लागि लुइस स्वारेजले २ र कप्तान लियोनल मेस्सीले १ गोल गरे।

त्यस्तै, आइतवार राती नै अवे मैदानमा भएको अर्काे खेलमा रियल मड्रिडले रियल बेटिसलाई २–१ ले पराजित ग¥यो। रियलको जितमा लुका मोड्रिक र डानी सेबालोसले गोल गरे। रियल बेटिसका कानालोसले एक गोल फर्काए पनि जितका पर्याप्त भएन। जितसँगै रियल अंक तालिकाको शीर्ष चारमा पुगेको छ। 

आइतबार राति नै भएको अर्काे खेलमा एथ्लेटिको मड्रिडले लेभान्टेलाई १–० ले पराजित ग-यो भने एथ्लेटिको बिल्बाओले २–० अन्तरले सेभिल्लालाई पराजित ग-यो।

को शीर्ष स्थानमा?

आइतवार राती भएका खेलको नतिजाअनुसार बार्सिलोना नै शीर्ष स्थानमा छ। बार्सिलोनाको १९ खेलबाट ४३ अंक पुगेको छ। दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको १९ खेलबाट ३८ अंक छ। तेस्रो स्थानको सेभिल्लाको १९ खेलबाट ३३ अंक छ भने चौथो स्थानमा उक्लिएको रियल मड्रिडको पनि १९ खेलबाट ३३ अंक नै पुगेको छ। 

प्रकाशित: ३० पुस २०७५ ०४:०८ सोमबार

स्पेनिस_ला_लिगा बार्सिलोना रियल_मड्रिड विजयी