खेल

प्रिन्सको विजयी सुरुआत

काठमाडौं– दुबई अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टनका विजेता तथा विराटनगरमा सम्पन्न राष्ट्रपति जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनका दुई विधाका विजेता प्रिन्स दाहालले प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण खुला ब्याडमिन्टन प्रतियोगिता २०७५ मा विजयी सुरुआत गरेका छन् । 

काठमाडाैंबाट प्रतिनिधित्व गरेका प्रिन्सले पुरुष एकलको खेलमा आयोजक दुर्गादेवी दुलाल सुन्दर हरैचा स्पोटर््स ग्रामका मुनाहाङ राईमाथि २१–४, २१–४ को सानदार जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । 

दुर्गादेवी दुलाल सुन्दरहरैचा स्पोटर््स ग्रामको आयोजनामा सञ्चालित प्रतियोगिताको पुरुष एकलतर्फ नै पुलिसका विष्णु कटुवाल र जीवन आचार्य, सेनाका प्रफुल महर्जन, रुकेश महर्जन, पविन लिनथेप र दिवस शंकर, एपिएफका विजित थापामगर, गौतम कठायत, सुमल लिम्बु, सुनील जोशीले आआफ्ना प्रतिद्वन्द्वलाई हराउँदै अघिल्लो चरण प्रवेश गरे ।

विष्णुले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका अजय चौधरीलाई २१–५, २१–८ ले पराजित गर्दा पुलिसकै जीवनले बिर्तामोडका विवेक कङ्दङ्वालाई २१–५, २१–७ ले, त्रिभुवन आर्मीका प्रफुलले तेह्रथुममा क्षितिज केसीलाई २१–९, २१–१४ ले, रुकेशले बिर्तामोडका नवीन सिलवाललाई २५–२३, २१–१० ले, पविन लिनथेपले पाँचथरका सन्देश जवेगुबाट वाकओभर र दिवस शंकरले सुर्खेतका नरेन्द्र बमलाई २१– १०, १८–२१, २१–१३ ले पराजित गरे । यस्तै एपिएफका विजित थापामगरले मोरङका दिपेन राईलाई २१–६, २१–११ ले, गौतम कठायतले जेष्ट ब्याडमिन्टन एकेडेमीका अनिष खतिवडालाई २१–१०, २१–१० को समान सेटमा हराए । सुमल लिम्बुले झुम्काका गोपाल सुब्बालाई २१–८, २१–११ ले र सुनीलले भद्रपुरका साम्प्रास लिम्बुलाई २१–३, २१–११ ले स्तब्ध पारे । 

पुरुष एकल, युगल, मिक्स र भेट्रान्स युगल गरी चार विधामा आयोजना गरिएको प्रतियोगिताको पहिलो दिन आइतबार जित निकाल्ने क्रममा जेष्ट ब्याडमिन्टन एकेडेमीका प्रियांशु क्षत्रीले वेस्ट बंगालका जयदीप शाहलाई २१–१९, २१–१७ ले, वेस्ट बंगालका निहाल दर्नालले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुनाम श्रेष्ठलाई २१–१३, २१–१३ ले, वेस्ट बंगालका प्रियांशु सिंहले कोठारीका डबलबहादुर गुरुङलाई २१–१५, १३–२१, २१–१६ ले तथा बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका प्रनिशसिंह ठकुरीले इटहरीका भोजबहादुर गुरुङलाई २१–११, २१–१० ले पराजित गर्दै दोस्रो चरणको दाबेदारी प्रस्तुत गरे ।

चार विधामा खेलाइएको प्रतियोगितामा नेपाल र भारतका गरी पुरुष एकलमा ३२, पुरुष युगलमा २९, मिक्स युगलमा ९ र भेट्रान्स युगलमा १६ जोडीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रकाशित: ३० पुस २०७५ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App