खेल

प्रादेशिक तेक्वान्दो प्रतियोगिता सम्पन्न

रोल्पा– रोल्पाको परिवर्तन गाउँपालिकाको रांङसीमा प्रथम सिनियर तथा जुनियर प्रादेशिक आईटिएफ तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। रोल्पा आई. टि. एफ. तेक्वान्दो संघको आयोजनामा भएको उक्त खेल पुस २७ देखि २ दिन सम्म चलेको थियो। प्रदेश न. ५ का १२ जिल्लाका खेलाडी सम्मेलित खेलको औपचारिक उद्घाटन प्रदेश सांसद दिपेन्द्र पुनले गरेका हुन। 

खेलमा पुरुष सिनियर तर्फ ५५–६० केजी तौल समूहमा प्रथम प्रमोद यादब नवलपरासी, द्धितीय एन्जल पुन दाङ, तृतीय टेकराज केसी प्युठान र अभिषेक सोनु बाँके भएका छन्। त्यस्तै, सिनियर पुरुषतर्फ ६०/६५ केजी तौल समूहमा प्रथम बिशाल गौतम पाल्पा, द्धितिय बिश्व सुर्यबंशी रुपन्देही, तृतीयमा बिबेक राना नवलपरासी र सन्दीप सुनार दाङ भएका हुन।

पुरुष सिनियर तर्फ ५०–५५ केजी तौल समूहमा प्रथम रोहित क्षेत्री बाँके, द्धितीय श्रीप्रसाद बुढाथोकी गुल्मी, तृतीय सागर परियार रोल्पा र हेमन्त सापकोटा नवलपरासीले हात पारे। त्यसैगरी सिनियर पुरुषतर्फ ४५–५० केजी तौल समूहमा प्रथम बिधान राई पाल्पा, द्धितीय आशिष थापा कपिलबस्तु, तृतीय दिपक विन दाङ र बिशाल गुरुङ रोल्पा रहेका छन्। 

पुरुष जुनियरतर्फ ३५–४० केजी तौल समूहमा प्रथम राज थापा रुपन्देही, द्धितीय किशन बिके रोल्पा, तृतीय मञ्जील चौधरी रुपन्देही र कमल बोहोरा प्युठान रहे। त्यस्तै पुरुष जुनियर तर्फ ४०–४५ केजी तौल समूहमा प्रथम नरबहादुर सारु नवलपरासी, द्धितीय बिक्रम बजबैया गुल्मी, तृतीय रामजनक मिया रोल्पा र रोशन पराजुली रुपन्देहिले जित हासिल गरे। 

महिला जुनियर तर्फ ३०–३५ केजी तौल समूहमा प्रथम आयुस घले नवलपरासी, द्धितिय श्रीया थापा रुपन्देही, तृतिय सर्मिला बिक बाँके र निशा अधिकारी गुल्मी रहेका छन्। त्यस्तै महिला जुनियर तर्फ ३५–४० केजि तौल समुहमा प्रथम प्रथम कञ्चन श्रेष्ठ नवलपरासी, द्धितिय जलजला पुन रोल्पा, तृतिय रितिमा कार्की रुपन्देही र ईआरिसा मुसजु राना ठकुरी पाल्ला रहेका छन। 

महिला सिनियर तर्फ ४०–४५ केजि तौल समुहमा प्रथम सरिता नेपाली दाङ, द्धितिय सुस्मा चौधरी नवलपरासी, तृतिय मुना बिसा पाल्पा र एन्जी सेर्पा बाके रहेका छन। त्यस्तै महिला सिनियर तर्फ ४५–५० केजि तौल समूहमा प्रथम पुजा रसाईली गुल्मी, द्धितिय निशा गुरुङ नवलपरासी, तृतिय ममता गाहा पाल्पा र सोनु चालीसे बाके रहेका छन। 

महिला सिनियर तर्फ ५०–५५ केजी तौल समुहमा प्रथम प्रबिणा पुन पाल्पा र द्धिथिय रचना समही गुल्मी भए। त्यस्तै महिला सिनियर तर्फ ५५–६० केजी तौल समूहमा प्रथम मनिषा श्रेष्ठ दाङ बनिन भने महिला सिनियर तर्फ ६०–६५ केजी तौल समूहमा प्रथम संचिता पुन मगर रोल्पाले हात पारिन। यसैबीच खेलमा सिनियर तर्फ टिम प्रथम दाङ भयो भने जुनियर तर्फ नवलपरासी रह्यो। 

बिजेता खेलाडीलाई मेडल र प्रमाण पत्र दिइएको थियो। कार्यक्रममा आई. टि. एफ. तेक्वान्दो संघका केन्द्रीय अध्यक्ष प्रबिण कुमार कार्कीले प्रायोजक परिबर्तन गाउँपालिका र सहप्रायोजक भुपेन्द्र रोका मगरलाई सम्मान गरेका थिए।

प्रकाशित: २९ पुस २०७५ ०४:५० आइतबार

तेक्वान्दो रोल्पा