खेल

समृद्धिलाई उपाधि

काठमाडौं – समृद्धि गोरिल्लाजले तेस्रो बुम महिला बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ। विशाल मिलन केन्द्र (बिएमके) र एनसिसिएसद्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा डिफेन्डिङ च्याम्पियन साइपल एकेडेमीलाई ३६–२९ ले पराजित गर्दै समृद्धि उपाधि जित्न सफल बनेको हो।

पहिलो संस्करणको उपाधि भने प्राइमले जितेको थियो। समृद्धिका लागि मुना महर्जनले १६ सर्वाधिक स्कोर गरिन्। फाइनलसहित समृद्धि र साइपलको प्रतियोगितामा तेस्रो भेट हो। अघिल्ला दुवै भेटमा साइपालले समृद्धिलाई हराएको थियो। साइपालले समृद्धिलाई राउन्ड रोबिन लिगमा ४३–३६ तथा क्वालिफायरमा ५४–३२ ले हराएको थियो। समृद्धिकी मुना महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन्।

समृद्धिकै प्रेडिना महर्जन ‘डेरिङ सिक्स म्यान’ बनिन् भने काठमाडौं नर्थ पोल बास्केटबल क्लबकी अस्मिता केसीले ‘मोस्ट इम्प्रुभ प्लेयर’ को उपाधि जितिन्। चण्डोलस्थित आयोजक मध्येको एक बिएमकेको कोर्टमा आठदिनसम्म चलेको प्रतियोगितामा ५ टिम सहभागी थिए।

प्रकाशित: २९ पुस २०७५ ०४:३७ आइतबार

समृद्धि_गोरिल्लाज बुम_महिला_बास्केटबल उपाधि