खेल

युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा

काठमाडौं – युभेन्टस कोपा इटालियाको क्वाटरफाइनलमा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न खेलमा बोलोग्नालाई २–० ले पराजित गर्दै युभेन्टसले अन्तिम ८ मा स्थान बनायो।

बोलोग्नाको मैदानमा भएको खेलमा युभेन्टसको जितमा फेडेरिको बेर्नार्डेस्की र  मोइस केनले गोल गरे। खेलको ९ औं मिनेटमा नै बेर्नार्डेस्कीको गोलमा युभेन्टसले खेलमा अग्रता लिएको थियो। पहिलो हाफमा १–० ले अघि रहेको युभेन्टसले ४९ औं मिनेटमा केनको गोलमा अग्रता दोब्बर बनायो।

क्रिष्टियानो रोनाल्डो भने दोस्रो हाफमा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेपनि गोल भने गर्न सकेनन्। त्यस्तै पाउलो डिबाला र ब्लाइस माटुइडी अन्तिमतिर मैदानमा छिरेपनि गोल गर्न सकेनन्।

प्रकाशित: २९ पुस २०७५ ०५:०९ आइतबार

युभेन्टस कोपा_इटालिया बोलोग्ना