खेल

‘ए’ डिभिजन लिगका अन्तिम खेल शनिबारदेखि

काठमाडौं - अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको अन्तिम चरणका खेलहरुकाे तालिका सार्वजनिक गरेको छ। 

अन्तिम चरणका खेलहरु भाेली (शनिबार) देखि पुस २४ अर्थात मंगलबार सम्म सञ्चालन हुने भएका छन्। एन्फाले शुक्रबार सार्वजनिक गरेकाे खेल तालिका अनुसार पहिलो खेलमा जावलाखेल युथ क्लब र च्यासल युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ भने अन्तिम खेल पुस २४ गते हिमालयन शेर्पा र थ्री स्टार क्लबबीच हुनेछ। शनिबार देखि साेमबारसम्म २/२ खेल हुनेछन् भने अन्तिम दिन एक खेल मात्रै हुनेछ र सोही दिन लिगको समापन समारोह समेत हुने एन्फाले जानकारी दिएकाे छ।

लिगकाे उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेकाे छ भने सङ्कटा उपविजेता भइसकेकाे छ। लिगको विजेताले ५० लाख, उपविजेताले ३५ लाख, तेस्रोले २५ लाख पाउने छन्। लिगको चौथो टोलीले रु १५ लाख, पाँचौँ टोलीले रु सात लाख र छैटौँले रु पाँच लाख पाउनेछन्। फेयर प्ले टाेलीले एक लाख पाउने छ।

प्रकाशित: २० पुस २०७५ ०७:२० शुक्रबार

एन्फा ‘ए’_डिभिजन_लिग खेल_तालिका