खेल

रोनाल्डोलाई ‘ग्लोब सकर अवार्ड’

काठमाडौं – पोर्चुगिज तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले सन् २०१८ को उत्कृष्ट खेलाडी हुँदै ‘ग्लोब सकर अवार्ड’ जितेका छन्। बिहीबार राति युएईको दुबइमा भएको समारोहमा रोनाल्डोले अघिल्लो वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन्।

यस्तै रोनाल्डोले सन् २०१८ को उत्कृष्ट गोलकर्ताको अवार्ड पनि जिते। च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडमा हुँदा युभेन्टसविरुद्ध गरेको रोनाल्डोको गोल उत्कृष्ट ठहरियो। यस्तै फ्रान्सलाई विश्वकपको उपाधि जिताएका डिडियर डेस्च्याम्पले वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे।

वर्ष २०१८ को उत्कृष्ट क्लबको अवार्ड भने स्पेनिस क्लब एथ्लेटिको मड्रिडले जित्यो। धेरै क्लबमा प्रशिक्षण गरेका प्रशिक्षक फाबियो कापेलो करियर कोच अवार्डबाट सम्मानित भए। ब्राजिलियन पुर्व फरवार्ड रोनाल्डोलाई पनि प्लेयर क्यारियर अवार्ड प्रदान गरिएको थियो।   

प्रकाशित: २० पुस २०७५ ०६:०४ शुक्रबार

क्रिस्टियानो_रोनाल्डो ग्लोब_सकर_अवार्ड