खेल

रियल मड्रिड बराबरीमा रोकियो

काठमाडौं – रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा भिल्ला रियलसँग २–२ गोलको बराबरीमा रोकिएको छ। बराबरीसँगै रियलले शीर्ष तीनमा उक्लने मौका समेत गुमाएको छ।

भिल्ला रियलको घरेलु मैदानमा बिहीबार राति भएको खेलको चौंथो मिनेटमा सान्टी काजोर्लाको गोलमार्फत भिल्लारियलले सुरुवाती अग्रता लिएको थियो। ७ औं मिनेटमा रियलका करिम बेन्जेमाले गोल गर्दै खेल बराबरीमा ल्याए।

२० औं मिनेटमा भारानेको गोलमार्फत रियलले खेलमा अग्रता बनायो। पहिलो हाफमा २–१ ले पछि परेको भिल्लारियलले खेलको ८२ औं मिनेटमा पुनः काजोर्लाको गोलमा बराबरी गर्यो। तर, त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र रियल बराबरीमा रोकियो।

बराबरीसँगै १७ खेलबाट ३० अंक जोडेको रियल चौंथो र १६ अंक जोडेको भिल्लारियल १७ औं स्थानमा छ। शीर्ष स्थानकोे बार्सिलोनाको ३७, दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ३४ र तेस्रो स्थानको सेभिल्लाको ३२ अंक छ।

प्रकाशित: २० पुस २०७५ ०५:४१ शुक्रबार

रियल_मड्रिड स्पेनिस_ला_लिगा बराबरी