खेल

नेपाललाई ७ स्वर्ण

काठमाडौं - भारतमा भएको टिआई ओपन तेस्रो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले सोमबार ७ स्वर्ण पदक जितेको छ।

भारतको कोलकातामा गत २८ डिसेम्बरदेखि सुरु च्याम्पियनसिपमा नेपालले पुम्सेमा तीन र ग्यरोगीमा ४ स्वर्ण जित्न सफल भएको टिम अफ हेड रोशन खानले जानकारी दिए।

फाइटतर्फ जुनियर ५३ केजीमुनि विजय गुरुङ, क्याडेट ३६ केजीमुनि रक्षा बुढाथोकी, २२ केजीमुनि विपिसा केसी र ४६ केजीमुनि अलिसा दनुवारले स्वर्ण पदक जित्न सफल भएका थिए। पुम्सेतर्फ रोशन खान, हिमलाल बेलबासे र निसा श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाए। पुम्सेमै विपिसा बिकले फाइनलको यात्रा तय गरे पनि स्वर्ण जित्न असफल भइन्। सन्चिता थापामगर भने कांस्य पदकै सीमित भइन्।

प्रकाशित: १६ पुस २०७५ १२:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App