खेल

माल्दिभ्समा चेम्जोङ उत्कृष्ट गोलरक्षक घोषित

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले माल्दिभ्समा उत्कृष्ट गोलकिपर घाेषित भएका छन्। त्यहाँकाे राष्ट्रिय लिग टिसी स्पाेर्टस् क्लबलाई जिताउन उत्कृष्ट भूमिका खेलेकाे भन्दै उनलाइ उत्कृष्ट गाेलरक्षककाे उपाधि प्रदान गरिएकाे हाे।

किरणले गत सिजन माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट ‘धिवेही प्रिमियर लिग’ खेलेका थिए। क्लबलाई लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका कारण उनलाई मनोनयनमा राखिएको आयोजकले जानकारी दिएकाे थियाे। माल्दिभ्स फुटबल डट कम र फुटबल एशोसिएशन अफ माल्दिभ्सले संयुक्तरुपमा किरणलाई उत्कृष्ट गोलकिपरको मनोनयनमा समावेश गरेको थियो। किरणसँगै अन्य दुई खेलाडी पनि मनोनयनमा परेका थिए।

प्रकाशित: १४ पुस २०७५ ०७:२४ शनिबार

किरण चेम्जोङ फुटबल