खेल

वादोरियो कराते टोली भारत जाँदै

काठमाडाैं - अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ८ खेलाडीसहित ११ सदस्यीय नेपाली वादोरियो कराते टोली शनिबार भारतको गुजरातस्थित अहमदाबाद प्रस्थान गर्दैछ।

प्रतियोगिताको पुरुष ५० केजीमुनि विकबहादुर थामी, ६० केजीमुनि निरज गौतम, ७० केजीमुनि राजु बुढाथोकी, ७५ केजीमुनि जिलेदार थारु, ८० केजीमुनि विशाल खड्गी र ३५ केजीमुनि अजय तामाङले प्रतिस्पर्धा गर्नेछन्। महिला ५० केजीमुनि गरिमा गिरी तथा ४५ केजीमुनि सिमा राईले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। खेलाडी जिलेदार भने बिहीबारै नेपालगन्जबाट अहमदाबाद प्रस्थान गरेको बताइएको छ।

प्रशिक्षकमा नेपाल कराते महासंघका महासचिव समेत रहेका नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक हरिशरण केसी तथा व्यवस्थापकमा नेत्रबहादुर भुजेल रहेका छन्। डिसेम्बर ३० देखि ३१ तारिखसम्म हुने प्रतियोगितामा पुरुषोत्तम पोखरेलले निर्णायकको भूमिका निर्वाह गर्नेछन्। टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे।

प्रकाशित: १३ पुस २०७५ ११:०८ शुक्रबार

वादोरियो_कराते