खेल

'खेलकुदका नाममा समानान्तर संघहरु गठन गर्नेलाई कारबाही हुन्छ'

काठमाडौं - राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सेनाले खेलकुद क्षेत्रमा हुने अनावश्यक राजनीतिकरणमा आफु चुप लागेर नबस्ने बताएका छन्।

नेप्लीज तेक्वान्डो एकेडमी तथा कागेश्वरी मनोहरा नगरपालिका खेलकुद् विकास समितिको संयुक्त आयोजनामा आयोजना भएको एक दिवसीय अन्तर डोजाङ्ग तेक्वान्दो प्रतियोगिताको समापन समारोहमा बोल्दै उपाध्यक्ष तिमिल्सेनाले स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने सरकारको अभियानलाई सफल पार्न देशब्यापी रुपमा यसरी नै खेलकुदका कार्यक्रमहरु आयोजना भइरहेको स्मरण गरे।

समापन समारोहमा बोल्दै उपाध्यक्ष तिमिल्सेनाले खेलकुदसँगको समानान्तर संघहरु गठन हुनुले कलिला खेलाडीहरुको भविष्य अन्यौलता तर्फ धकेलिने भएकाले यस तर्फ सर्तक रहन समेत सम्वन्धित पक्षलाई जानकारी गराए। उनले जति सम्झाउँदा पनि नमान्ने अवस्था आयो भने राष्ट्रिय खेलकुद परिषद् बाध्य भएर कारबाही प्रक्रियामा अघि बढ्ने चेतावनी दिए।

एक दिवसीय अन्तर डोजाङ्ग तेक्वान्दो प्रतियोगितामा नेप्लिज टेक्वान्डो एकेडमी प्रथम बन्न सफल भएको थियो भने शारदा एकेडमी दृतिय तथा बालगिताञ्जली स्कूल तृतीय भएका थिए।

प्रकाशित: ७ पुस २०७५ १३:५२ शनिबार

राखेप पिताम्बर_तिमिल्सेना