काठमाडौं– विश्वव्यापी शारीरिक सुगठन प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ। थाइल्याण्डमा आयोजित १० औं संस्करणको प्रतियोगितामा नेपालका महेश्वर महर्जनले ७५ केजी तौल समूहमा भारतसहित ४ देशका प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जितेका हुन्।
आफ्नो समूहका १२ राष्ट्रका बडीबिल्डरबाट टप ५ मा पुगेका महेश्वरले फाइनल राउण्डमा भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डरलाई उछिन्दै स्वर्णपदक हात पार्न सफल भए।
प्रतियोगितामा भारतका जयप्रकाश दोस्रो, सिंगापुरका बडीबिल्डर तेस्रो, थाइल्यान्डका चौंथो र उज्बेकिस्तानका बडीबिल्डरले पाँचौं स्थानमा चित्त बुझाए।
महेश्वरले यसअघि भुटानमा एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा पनि स्वर्ण जितेका थिए।
प्रकाशित: १ पुस २०७५ १५:०४ आइतबार