खेल

नेपालको चुनौती समाप्त

काठमाडाैं - बंगलादेशको ढाकामा जारी योनेक्स सनराइज बंगलादेश इन्टरनेसनल च्यालेन्जमा नेपाली ब्याडमिन्टन खेलाडीको चुनौती समाप्त भएको छ।

पुरुष डबल्समा नेपालका रत्नजित तामाङ र दीपेश धामीको जोडी भारतका मोहनराज इलुमलाईसंग २१–२३ र ११–२१ ले पराजित भए। महिला डबल्समा नेपालका नङशल तामाङ र अमिता गिरीको जोडी बंगलादेशका अख्तर साप्ला र एलिना सुल्तानासंग ८–२१ र १४–२१ ले हारे। त्यस्तै मिक्स डबल्समा नेपालका दीपेश र अमिताको जोडी मलेसियाका हु पाङ रोन र छे यि सीसंग ८–२१ र ९–२१ ले पराजित भए।

प्रकाशित: २७ मंसिर २०७५ १२:२० बिहीबार

बंगलादेश ब्याडमिन्टन