खेल

जावालाखेलद्वारा एपीएफ पराजित

काठमाडाैं - शहिद स्मारक ए डिभिजन लिगमा जावालाखेल युथ क्लबले दोस्रो जित निकालेको छ। हलचोक स्थित सशस्त्र प्रहरीको खेल मैदानमा भएको लिगको आठौं चरणको खेलमा जावालाखेलले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १–० ले पराजित गरेको हो।

जावालाखेललाई जित दिलाउने क्रममा एकमात्रै गोल खेलको ५९ औं मिनेटमा आफिजले फ्रिकिक मार्फत गरे। विहिबारको हारसँगै एपीएफले प्रतियोगितामा चौथौ हार व्यहोरेको छ। ८ खेलबाट १० अंक जोडेको एपीएफ आठौं स्थानमा रहेको छ। यस्तै दोस्रो जित हार पारेको जावालाखेल समान खेलबाट ७ अंक जोड्दै दशौं स्थानमा रहेको छ।

प्रकाशित: २७ मंसिर २०७५ ११:२७ बिहीबार

शहिद_स्मारक_ए_डिभिजन_लिग जावालाखेल_युथ_क्लब एपीएफ_क्लब