खेल

काठमाडाैंद्वारा ललितपुरसामु १ सय १० रनकाे विजयी लक्ष्य प्रस्तुत

काठमाडाैं - काडमाडौंमा जारी एभरेष्ट प्रिमियर लिगमा काठमाडौं किंग्स ११ ले ललितपुर प्याट्रियट्सलाई जितका लागि १ सय १० रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा जारी खेलमा दोस्रो जितको खोजिमा रहेको काठमाडौंले १९ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ९ रन जोडेको हो।

काठमाडौंका कप्तान केभिन ओव्रायनले सर्वाधिक ४२ तथा सिद्धान्त लोहनीले २१ रन बनाउनु वाहेक अन्य खेलाडीहरुले सम्झनलाएक प्रदर्शन गर्न सकेनन्। काठमाडौंका ८ खेलाडीहरुले दोहोरो अंक समेत छुन सकेनन्। उसका तीन खेलाडीले खाता समेत खोल्न सकेनन्।

काठमाडौंलाई सस्तैमा समेट्ने क्रममा ललितपुरका पवन सर्राफले ३ तथा रासिद खान र योगेन्द्र सिंह कार्कीले समान २/२ विकेट लिए। ललितपुरले यसअघि खेलेका ३ खेलमा २ मा जित तथा एकमा हार व्यहोरेको छ। यस्तै काठमाडौंले एक खेल खेल्दा त्यसमा जित हात पारेको छ।

 

प्रकाशित: २६ मंसिर २०७५ ०८:५७ बुधबार

एभरेष्ट_प्रिमियर_लिग काठमाडौं_किंग्स_११ ललितपुर_प्याट्रियट्स