खेल

बार्सिलोनालार्इ बराबरीमा राेक्दै टोटेनह्याम च्याम्पियन्स लिगको प्रि क्वाटरफाइनलमा

काठमाडौं – च्याम्पियन्स लिग फुटबलको समूह ‘बी’ बाट स्पेनिस क्लब बार्सिलोना विजेता र इङ्लिस क्लब टोटेनह्याम उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेका छन्।

मंगलबार राति सम्पन्न खेलमा बार्सिलोनासँग १–१ गोलको बराबरी खेल्दै टोटेनह्याम अघिल्लो चरणमा प्रवेश गरेको हो। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ७ औं मिनेटमा नै ओस्मान डेम्बेलेको गोलमा अग्रता लिएको थियो। तर ८५ औं मिनेटमा लुकास मौराले गोल गरेपछि टोटेनह्यामले खेल १–१ को बराबरीमा सकाएको थियो।

यसै समूहको इटालियन क्लब इन्टर मिलान नेदरल्याण्डस्को पिएसभीसँग १–१ गोलकै बराबरीमा रोकिएपछि टोटेनह्यामको अघिल्लो चरणको ढोका खुलेको हो।

बार्सा भने यसअघि नै समूह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरिसकेको छ। यो सँगै नकआउट चरणमा पुग्ने १५ टोलीको टुंगो लागेको छ। आज राति लियोन र साख्तर डोनेस्कमध्ये १ टिमले अन्तिम १६ मा स्थान बनाउनेछन्।

प्रकाशित: २६ मंसिर २०७५ ०६:०३ बुधबार

च्याम्पियन्स_लिग टोटेनह्याम प्रि_क्वाटरफाइनल