खेल

‘ए’ डिभिजन लिग : सरस्वतीमाथि एपिएफको सहज जित

तस्बिर साैजन्य : गाेलनेपाल डटकम

काठमाडौं – पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफले सरस्वती युथ क्लबलाई ३–० ले पराजित गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको आइतबारको पहिलो खेलमा एपिएफलाई जिताउन रुपबहादुर लामाले २ तथा  युवराज लामाले १ गोल गरे। खेलको १८ औ मिनेटमा श्याम नेपालीको कर्नरमा रुपबहादुर लामाले हेड गोल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए। ४३ औं मिनेटमा युवराज लामाले डि बक्स भित्रबाट उत्कृष्ट गोल गरे।

पहिलो हाफमा २–० को अग्रता लिएको एपिएफका लागि ८७ औं मिनेटमा रुप लामाले ब्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ३–० को जित दिलाए।  जितपछि ७ खेलबाट १० अंक जोडेको एपिएफ तालिकाको सातौ स्थानमा छ। सरस्वती ६ अंक सहित नवौं स्थानमा यथावत छ।

प्रकाशित: २३ मंसिर २०७५ १०:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App