खेल

पोखराद्वारा भैरहवासामु २१६ रनको उच्च योगफल प्रस्तुत, लेभीको विष्फाेटक ब्याटिङ

काठमाडौं – काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को आइतबारको दोस्रो खेलमा पोखरा राइनोजले भैरहवा ग्लाडियटर्ससामु जितका लागि २१६ रनको उच्च योगफल प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाउदै २१५ रन बनाएको छ।

पोखराका लागि विष्फाेटक ब्याटिङ गर्ने क्रममा ओपनर रिचर्ड लेभीले ७९ रनको सर्वाधिक रनको इनिङस खेले। लेभीले ३६ बलमा ७ चौंका र ७ छक्का प्रहार गरे।

त्यस्तै केली जेम्स कोट्जरले ४७, सुनिल धमलाले ३८ र पाउल कगलिनले २० रनको योगदान दिए। भैरहवाका अभिनाश बोहोरा, कृष्ण कार्की, पुनिल मेहरा र रायन टेनले समान १–१ विकेट लिए।

प्रकाशित: २३ मंसिर २०७५ ०९:१५ आइतबार

इपिएल पोखरा_राइनोज उच्च_योगफल रिचर्ड_लेभी