खेल

म्यानचेस्टर सिटीको अपराजित यात्रामा चेल्सीले लगाइदियाे पूर्णविराम

काठमाडौं – इङ्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लागेको छ। शनिबार राति घरेलु मैदान मैदानमा भएको खेलमा चेल्सीले सिटीलाई २–० ले पराजित गर्दै २१ खेलको अपराजित यात्रामा पूर्णविराम लगाइदियो।

चेल्सीले ४५ औं मिनेटमा इडेन हाजार्डको पासमा एन्गोलो कान्टेको गोलमार्फत सिटीविरुद्ध अग्रता लिएको थियो। दोस्रो हाफमा चेल्सीले आत्माविश्वासी खेल प्रदर्शन गरेको थियो। ७८ औं मिनेटमा डेविड लुइसले हेडमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। त्यसपछि सिटी खेलमा फर्कन सकेन।

सिटीले पछिल्लो पटक गत अप्रिलमा म्यानचेष्टर युनाइटेडसँग ३–२ गोलले हारेको थियो। हारपछि सिटी अंकतालिकाको दोस्रो स्थानमा झरेको छ। सिटीको १६ खेलबाट ४१ अंक छ। शीर्ष स्थानमा पुगेको लिभरपुलको समान खेलबाट ४२ भएको छ। चेल्सी भने ३४ अंकका साथ चौंथो स्थानमा छ।

प्रकाशित: २३ मंसिर २०७५ ०५:३६ आइतबार

इङ्लिस_प्रिमियर_लिग म्यानचेस्टर_सिटी अपराजित_यात्रा पूर्णविराम