खेल

फागुनमा अन्तर्राष्ट्रिय शारीरिक सुगठन

काठमाडौं – अन्तर्राष्ट्रिय फिटनेस फर बडिबिल्डिङ प्रोफेसनल लिग (आइएफबिबी प्रोफेसनल लिग) अन्तर्गत नेपालमा अन्तर्राष्ट्रिय स्तरको शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ।

हलिउडका पूर्वफिल्मस्टार एवं क्यालिफोर्नियाका पूर्वगभर्नर आर्नाेल्ड स्वेज्नेगर आबद्ध अन्तर्राष्ट्रिय फिटनेस फर बडिबिल्डिङ प्रोफेसनल लिग हुन लागेको हो।

नेपालमा आइएफबिबी लिग नेपालले फागुन ३ गतेदेखि अन्तर्राष्ट्रिय शारीरिक सुगठनका ठूला खेलाडीलाई पनि सहभागी गराएर प्रतियोगिता गर्न लागेको पत्रकार सम्मेलन गरेर जानकारी गरायो। आइएफबिबी लिग दुई दिनसम्म चल्नेछ। प्रतियोगितामा २० भन्दा बढी देशका २ सय शारीरिक सुगठनका खेलाडीको सहभागिता रहनेछ।

प्रकाशित: २३ मंसिर २०७५ ०४:१९ आइतबार

शारीरिक_सुगठन नेपाल