खेल

मकवानपुरमा बागमती गोल्डकप, विजेतालाई ३ लाख

मकवानपुर – माघको पहिलो साता हुने बागमती गोल्डकप फुटबल प्रतियोगितामा १० टिमको सहभागिता हुने भएको छ।
शुक्रबार पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले क्लबको संख्या तोकेको हो। प्रतियोगिताको विजेताले नगद तीन लाख र दोस्रो हुने टोलीले नगद दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

माघ १ गतेदेखि ८ गतेसम्म बागमतीको जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुनेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा उत्कृष्ट गोलकिपर, रक्षक, मिड फिल्डरले नगद दश हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: २२ मंसिर २०७५ ०४:३४ शनिबार

बागमती_गोल्डकप मकवानपुर