खेल

बालाेन डी'अाेरकाे घाेषणा अाज, माेड्रिचकाे सम्भावना बलियाे

काठमाडाैं - फुटबलको प्रतिष्ठित र चर्चित अवार्ड बालोन डी ओरको ६३ औं संस्करणको घोषणा सोमबार अर्थात आज राती हुँदैछ।

फ्रान्सको पेरिसमा एक भब्य समारोहकाबीच अवार्डको घोषणा हुनेछ। अवार्डका लागि कुल ३० खेलाडी मनोनयनमा परेका छन्। यसअघि विगत १० वर्षयता लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको उपाधिमाथि दबदबा कायम रहने गरेको भएपनि यस वर्ष यो सिलसिला तोडिने बताइएको छ। यस वर्षको उपाधिको दाबेदारका रुपमा क्रोयसिया तथा रियल मड्रिडका खेलाडी लुका मोड्रिचलाई हेरिएको छ। उनले विश्वकपमा गरेको प्रदर्शनको निकै चर्चा भएको थियो।

अवार्डका लागि मनोनित खेलाडी :
सर्जियो अग्युरो (म्यान्चेस्टर सिटी ), ग्यारेथ बेल (रियल मड्रिड), एलिसन बेकर (लिभरपुल), करिम बेन्जिमा (रियल मड्रिड), एडिन्सन काभानी (पिएसजी), थिबाउट कोर्टियस (रियल मड्रिड), क्रिस्टियानो रोनाल्डो (युभेन्ट्स), केभिन डि ब्रुएन (म्यान्चेस्टर सिटी), रोबर्टो फर्मिन्हो (लिभरपुल), डिएगो गोडिन (एट्लेटिको मड्रिड), एन्टोनी ग्रिजम्यान (एट्लेटिको मड्रिड), इडेन हाजार्ड (चेल्सी), इस्को (रियल मड्रिड), ह्यारी केन (टोटनह्याम), एनगोलो कान्टे (चेल्सी), ह्युगाे लोरिस(टोटनह्याम), मारियो मान्जुकिच (युभेन्ट्स), साडियो माने (लिभरपुल), मार्सेलो (रियल मड्रिड), केलियन एम्बाप्पे (पिएसजी), लियोनल मेस्सी (बार्सिलोना), लुका मोड्रिच (रियल मड्रिड), नेयमार (पिएसजी), जान ओब्लाक (एट्लेटिको मड्रिड), पाउल पोग्बा (म्यान्चेस्टर युनाइटेड), इभान राकिटिच (बार्सिलोना), सर्जियो रामोस (रियल मड्रिड), मोहमद सलाह (लिभरपुल), लुइस स्वारेज (बार्सिलोना), राफायल भराने (रियल मड्रिड) ।

प्रकाशित: १७ मंसिर २०७५ १२:२१ सोमबार

बालोन_डी_ओर फुटबल अवार्ड