खेल

‘ए’ डिभिजन लिग : जावलाखेलको पहिलो जित

काठमाडौं – ब्रिगेड ब्वाइजमाथि १–० को संघषपूर्ण जित निकाल्दै जावलाखेल युथ क्लबले पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित हात पारेको छ।

एपिएफ मैदान हल्चोकमा आइतबार भएको खेलमा जावलाखेललाई पहिलो जित दिलाउन अरुज सिंहले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि खेलको ८८ औं मिनेटमा अरुजले पेनाल्टीमा गोल गर्दै जावलाखेललाई अग्रता दिलाएका थिए। ब्रिगेटका मनोज राईले जावलाखेलका निरबहादुर आलेलाई लडाएपछि जावलाखेलले पेनाल्टी पाएको थियो।

त्यसपछि दुवै टिमबाट थप गोल नभएपछि जावलाखेलले महत्वपूर्ण ३ अंक जोड्यो।  जितसँगै ५ खेलबाट ४ अंक जोडेको जावलाखेल लिगको दशौं स्थानमा उक्लिएको छ। ३ अंक सहित ब्रिगेड १२ औं स्थानमा छ।
 

प्रकाशित: १६ मंसिर २०७५ ११:३८ आइतबार

जावलाखेल_युथ_क्लब ‘ए’_डिभिजन_लिग फुटबल पहिलो_जित