खेल

नेपाल र भारत उपाधिका लागि भिड्ने

काठमाडाैं - नेपाल र भारत काठमाडाैंमा जारी दक्षिण एसियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम ईभेन्ट्समा उपाधि नजिक पुगेका छन्।

नेपालले सेमिफाइनलमा बंगलादेशलाई ३-० ले हराउँदै फाइनल यात्रा तय गरेकाे हाे भने भारतले समेत श्रीलङ्कालाई ३-० ले नै पराजित गर्दै फाइनलमा स्थान बनाएकाे हाे।

नेपालका नविन श्रेष्ठले पुरुष एकलमा बंगलादेशका गौरव सिंहलाई २१/१३, १८/२१ र २१/१८ ले पराजित गरे। यस्तै महिला तर्फ रशिला महर्जनले बंगलादेशकी फारविन विन्ते ईमडाडलाई २१/८, २१/५ ले तथा नविन श्रेष्ठ र प्रिन्स दाहालको जोडीले बंगलादेशका गौरव सिंह र मंगल सिंहको जोडीलाई २१/१५, २१/१६ ले पराजित गर्‍याे।

अव उपाधीका लागि नेपालले भारतको सामना गर्ने भएको छ। नेपाल यस स्पर्धामा अघिल्लो संस्करणको उप–विजेता टिम हो भने भारत अघिल्लो संस्करणको विजेता हो। मिस्क टिम ईभेन्ट्सको फाईनल विहिबार अपरान्ह २ बजे हुनेछ।

प्रकाशित: १२ मंसिर २०७५ १३:२१ बुधबार

ब्याडमिन्टन_च्याम्पियनसिप