खेल

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबलकाे उपाधि एपीएफलार्इ

काठमाडाैं - छैटौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीकाे एपीएफ क्लबले जितेकाे छ।

भद्रकालीस्थित सेनाको मुख्यालयमा बुधबार सम्पन्न फाइनल खेलमा एपीएफले नेपाल अार्मिलार्इ पेनाल्टी सुट अाउटमा ४-२ ले पराजित गर्दै उपाधि हात पारेकाे हाे। निर्धारित समयकाे खेल एक एक काे बराबरीमा सकिएपछि खेलकाे निर्णय पेनाल्टी सुट अाउट मार्फत गरिएकाे थियाे। पेनाल्टीमा एपीएफकी साबित्रा भण्डारी, रेनुका नगरकोटी, अनु लामा र अनिता बस्नेतले गोल गरिन् भने अार्मीका तर्फबाट अन्जना राना मगर र निशा बोहराले गोल गरिन्।

यसअघि पहिलाे हाफकाे १९ औं मिनेटमा अनिता बस्नेतले गोल गर्दै एपीएफलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। तर दाेस्राे हाफकाे ६३ औं मिनेटमा बिमला चौधरीले गोल गर्दै खेल बराबरीमा ल्याएकी थिइन्। त्यसपछि निर्धारित समय र थप गरिएकाे समयमा गाेलका लागि दुवै टाेलीका तर्फबाट भएका प्रयास सफल हुन नसक्दा खेल पेनाल्टी सुुट अाउट तर्फ धकेलिएकाे थियाे।

उपाधि विजेता एपीएफले नगद तीन लाख प्राप्त गरेकाे छ। उपविजेता आर्मीले १ लाख ५० हजार प्राप्त गर्याे।यस्तै सेमिफाइनलमा पुगेका पुलिस र प्रदेश नम्बर २ ले ५०/५० हजार प्राप्त गरे। प्रतियोगितामा आर्मिकी पुनम जर्गा मगर सर्वोकृष्ट खेलाडी घोषित भइन्।

प्रकाशित: १२ मंसिर २०७५ ११:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App