खेल

‘ए’ डिभिजन लिग : चौंथो चरणका खेल आज सकिँदै

काठमाडौं – पल्सर शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चौंथो चरणका खेल बुधबार (आज) बाट  सकिँदैछ। आज २ खेल सम्पन्न भएसँगै चौंथो चरणको खेल सकिँनेछ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने आजको पहिलो खेलमा हिमालयन शेर्पा क्लब र मच्छिन्द्र क्लब तथा दोस्रो खेलमा फ्रेण्ड्स क्लब र जावलाखेल युथ क्लबले प्रतिस्पर्धा गर्नेछन्। लिगमा हिमालयन शेर्पा तीन खेलबाट सात अंकसहित अंक तालिकाको पाँचौ स्थानमा छ।

एक खेलमा बराबरी खेलेको हिमालयन शेर्पाले दुई खेलमा जित निकालेको थियो। यता एक खेलमा पराजित भएको मच्छिन्द्रले दुई खेलमा बराबरीको नतिजा निकालेको छ। मच्छिन्द्र दुई अंकसहित तालिकाको ११औं स्थानमा छ।

आजै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोली लिगको पुछारमा छन्। अहिलेसम्म खेलको सबै खेलमा पराजित दुवै टोली अङ्कविहीन छन्। जावलाखेल लिगको १३औं र फ्रेण्ड्स १४औं स्थानमा छ। पाँचौ चरणका खेल यही मङ्सिर १४ गतेदेखि हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७५ ०४:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App