खेल

म्यानचेष्टर युनाइटेडको खराब प्रदर्शन जारी, क्रिष्टलसँग बराबरीमा रोकियो

काठमाडौं – म्यानचेष्टर युनाइटेड इङ्लिस प्रिमियर लिगमा क्रिष्टल प्यालेससँग गोलरहित बराबरीमा रोकिएको छ। युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा शनिबार राति सम्पन्न खेलमा बल पोजिसन आफ्नो पक्षमा बढी राखेपनि गोल गर्न नसक्दा युनाइटेड बराबरीमा चित्त बुझाउन बाध्य भयो।

खेलमा युनाइटेडका रोमेलु लुकाकु र क्रिष्टलका कोयुटेले गोलगरेपनि रेफ्रीले अफसाइड दिएका थिए। बराबरीसँगै १३ खेलबाट २१ अंक जोडेको युनाइटेड ७ औं र समान खेलबाट ९ अंक जोडेको क्रिष्टल १५ औं स्थानमा छ। यो सिजनको प्रिमियर लिगमा युनाइटेडको यो तेस्रो बराबरी हो। खेलपछि युनाइटेडका प्रशिक्षक जोसे मौरिन्होले खेलाडीको प्रदर्शनबाट असन्तुष्ट भएको प्रतिक्रिया दिएका छन्।

अन्य खेलमा एभर्टनले कार्डीफलाई १–० र फुलह्यामले साउथह्याम्टनलाई ३–२ ले पराजित गर्दा ब्राइटन र लेस्टरले १–१ गोलको बराबरी खेलेका छन्।

प्रकाशित: ९ मंसिर २०७५ ०६:५८ आइतबार

म्यानचेष्टर_युनाइटेड खराब_प्रदर्शन प्रिमियर_लिग