खेल

लिभरपुल प्रिमियर लिगकाे दोस्रो स्थानमा

काठमाडौं – वाट्फोर्डमाथि प्रभावशाली जित निकाल्दै लिभरपुल इङ्लिस प्रिमियर लिगका दोस्रो स्थानमा उक्लिएको छ। प्रतियोगिताअन्तर्गत शनिबार राति सम्पन्न खेलमा लिभरपुलले वाट्फोर्डलाई ३–० ले पराजित गर्यो।

पहिलो हाफमा गोलरहित बराबरी खेलेको लिभरपुलले दोस्रो हाफमा ३ गोल गर्दा १० खेलाडीमा समेटिन पुग्यो। खेलको ६७ औं मिनेटमा स्ट्राइकर मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए। ७६ औं मिनेटमा एलेक्जेन्डर आर्नोल्डको गोलमा लिभरपुलले अग्रता दोब्बर बनायो।

त्यस्तै ८९ औं मिनेटमा रोबर्टो फिर्मिनाले अर्को गोल थपेपछि लिभरपुलको जित सुनिश्चित भयो। ८२ औं मिनेटमा जोर्डन हेन्डरसन दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिरिँदा लिभरपुल १० खेलाडीमा सिमित भएको थियो। तर, वाट्फोर्डले त्यसको फाइदा लिन सकेन्। बरु उल्टै अर्को गोल खायो।

जितसँगै १३ खेलबाट ३३ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा छ। समान खेलबाट २० अंक जोडेको वाट्फोर्ड नवौं स्थानमा छ।

प्रकाशित: ९ मंसिर २०७५ ०६:४० आइतबार

लिभरपुल प्रिमियर_लिग वाट्फोर्ड