खेल

वेष्टह्याममाथि म्यानचेष्टर सिटीको फराकिलो जित

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलमा लिग लिडर म्यानचेष्टर सिटीले वेष्टह्याम युनाइटेडलाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ।

वेष्टह्यामको घरेलु मैदानमा शनिबार राति भएको खेलको ११ औं मिनेटमा डेभिड सिल्भाको गोलमा अग्रता लिएको सिटीका लागि १९ औं मिनेटमा रहिम स्टर्लिङले दोस्रो गोल थपे। ३४ औं र दोस्रो हाफको इन्जुरी समयमा लिरोय सानेले गोल गरेपछि सिटीले सबै प्रतियोगितामा गरी लगातार ८ औं जित निकालेको छ।

जितसँगै शीर्ष स्थानको साविक विजेता सिटीले १३ खेलबाट ३५ अंक जोडेको छ।  पराजित वेष्टह्याम समान खेलबाट १२ अंक जोडेदै तालिकाको १३ औं स्थानमा छ।

प्रकाशित: ९ मंसिर २०७५ ०६:२१ आइतबार

यानचेष्टर_सिटी प्रिमियर_लिग_फुटबल