खेल

नेक्सस क्रिकेट : स्याङ्जा र सनराइज विजयी

काठमाडौं –   मिलानो यु–१६ नेक्सस अन्तरएकेडेमी प्रतियोगितामा शनिबार स्याङ्जा क्रिकेट एकेडेमी र सनराइज क्रिकेट एकेडेमी महेन्द्रनगर विजयी भएका छन्।

प्रतियोगिताअन्तर्गत मूलपानी क्रिकेट मैदानमा भएको दोस्रो दिनको पहिलो खेलमा स्याङ्जाले लालीगुराँस क्रिकेट एकेडेमी झापालाई ८ विकेटले पराजित गरेको हो। लालीगुुरांँसले प्रस्तुत गरेको ८५ रनको लक्ष्य स्याङ्जाले ८.३ ओभरमा पूरा गरेको थियो। स्याङ्जाका  अनित बरालले २७, मनोज गौतमले २१ र सुजन गौतमले १७ रनको योगदान गरे । लालीगुराँसका उज्ज्वल राजवंशी र स्वागत उप्रेतीले १÷१ विकेट मात्र लिए।

यसअघि टर हारेर ब्याटिङको निम्तो पाएको लालीगुराँसले निर्धारित २० ओभरमा १८.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ८४ रनको योगफल तयार पारेको थियो।

स्याङ्जाका गणेश बस्यालले ३ विकेट लिए भने सुदीप गौतम, गोविन्द खत्री र क्रिस भण्डारीले समान २–२ विकेट लिए।
शनिबारै सम्पन्न अर्को खेलमा सनराइज महेन्द्रनगरले आयोजक नेक्सस ‘बी’ लाई ८ विकेटले हराएको छ। नेक्ससले प्रस्तुत गरेको ५० रनको लक्ष्य सनराइजले ५ ओभरमा पूरा गरेको थियो।

प्रकाशित: ९ मंसिर २०७५ ०४:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App