खेल

प्लानिङ ब्वाइज युनियनलाई प्रकाश स्मृति कप

प्रकाश स्मृति कप उपाधि हात पारेपछि प्लानिङ ब्वाइज, पेप्सिकोलाका खेलाडी । तस्बिर : रमेश/नागरिक

दोलखा – दोलखा जिल्ला फुटबल संघलाई २–१ ले पराजित गर्दै पेप्सिकोलास्थित प्लानिङ ब्वाइज युनियनले प्रथम प्रकाश दाहाल स्मृति कप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। चरिकोटको टुँडिखेल मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा ब्वाइज युनियनको जितमा विदेशी खेलाडी कासी र पिटर सेगुनले गोल गरे।    

पराजित दोलखाका हिमाल श्रेष्ठले १ गोल फर्काए। पेप्सिकोलाले जितसँगै २ लाख ५० हजार रुपैयाँ नगद, सिल्ड र प्रमाणपत्र पायो भने उपविजेता दोलखाले १ लाख २५ हजार नगद, सिल्ड र प्रमाणपत्रमा चित्त बुझायो। तेस्रो भएका दीपशिखा युवा क्लब नैकाप काठमाडाैं र सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले समान  ३०–३० हजार रुपैयाँ पुरस्कार पाए।  नैकाप बिहीबार भएको सेमिफाइनला दोलखासँग र एपिएफ पेप्सिकोलाको प्लानिङ ब्वाइजसँग पराजित भएका थिए।

प्रकाशित: ८ मंसिर २०७५ ०५:०७ शनिबार

प्लानिङ_ब्वाइज_युनियन प्रकाश_दाहाल फुटबल