खेल

एसियन मार्शल आर्टस् काे महासचिवमा शर्मा

काठमाडाैं - नेपाल राष्ट्रिय मार्शल आर्टस् गेम्स महासंघका महासचिव एवं नेपाल तेक्वान्दो महासंघका अध्यक्ष दिनेश शर्मा एसियन मार्शल आर्टस्को सर्वोच्च निकाय एसियन मार्शल आर्टस् गेम्स कमिटीको महासचिवमा चुनिएका छन्। थाईल्याण्डको बैंककमा बिहिबार सम्पन्न एसियन मार्शल आर्टस् गेम्स कमिटिको बैठकले शर्मालाई चार बर्षका लागि महासचिवमा चयन गरेको हो। सोहि बैठकले उक्त कमिटीको अध्यक्षमा भारतका बि.के.भरतलाई चयन गरेको छ।

भारत, नेपाल, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, उज्वेकिस्तान, दुवई, रसिया, टर्की लगायत देश आवद्ध रहेको कमिटीको अन्य पदाधिकारीहरु जर्मनीमा रहेको विश्व मार्शल आर्टस् गेम्स कमिटीको अन्तर्राष्ट्रिय हेडक्वाटरसँग समन्वयमा अध्यक्ष तथा महासचिवले चयन गर्ने महासचिव शर्माले जानकारी गराए।

प्रकाशित: ७ मंसिर २०७५ ०८:३१ शुक्रबार

मार्शल_आर्टस् तेक्वान्दो_महासंघ दिनेश_शर्मा