खेल

मेसीलाई उच्च गोलकर्ता पुरस्कार

बार्सिलोना – बार्सिलोनाका कप्तान तथा स्ट्राइकर लियोनल मेसीले २०१७–१८ को सर्वाधिक गोलकर्ताको पुरस्कार सोमबार लिएका छन्।

स्पेनिस पत्रिका मार्काले प्रदान गर्ने ‘मार्का फुटबल अवार्ड’ मा मेसीले उच्च गोलकर्तासँगै उत्कृष्ट खेलाडीको पुरस्कार पनि जिेतका हुन् । साथै सबैभन्दा लोकप्रिय खेलाडीका रूपमा पनि समर्थकले उनलाई चुनेका छन्।

अर्जेन्टिनाका ३१ वर्षे स्टार मेसी आइतबार रियाल बेटिसविरुद्धको खेलमा मैदान फर्किएका थिए । यसअघि हात भाँचिएपछि उनले तीन साता बेन्चमा आराम गरेका थिए । आइतबार राति भएको खेलमा बार्सिलोना पाहुना टोली रियाल बेटिससँग ४–३ ले स्तब्ध बनेको थियो।

‘ला लिग निकै प्रतिस्पर्धात्मक प्रतियोगिता हो ।  यसमा जसले जसलाई पनि हराउन सक्छ,’ पुरस्कार हात पारेपछि बोल्दै मेसीले भने।

गत सिजन बार्सिलोनालाई ला लिगाको उपाधि दिलाएका स्ट्राइकर मेसीले ३४ गोल गर्दै आफ्नो नाम सर्वाधिक गोलकर्ताको सूचीमा सूचीकृत गरेका थिए । मेसीको यो पाँचाैं पुरस्कार हो । यसअघि उनले २००९–१०, २०११–१२, २०१२–१३ र २०१६–१७ को सिजनमा पनि यो पुरस्कार जितेका थिए।

अल्फ्रेडो डी स्टेफानो, ह्युगो सान्चेज र क्विनीले पनि पाँच पटक यो पुरस्कार जितेका थिए । टेलमो जार्राले मात्र कीर्तिमानी ५ पटक उच्च गोलकर्ताको पुरस्कार उचालेका छन् । मेसीले अल्फ्रेडो डी स्टेफानो प्लेयर अफ दी सिजनको अवार्ड पनि जितेका छन्।

प्रकाशित: २७ कार्तिक २०७५ २३:३९ मंगलबार

लियोनल_मेसी मार्का_फुटबल_अवार्ड उच्च_गोलकर्ता