खेल

खनाललाई साग सचिवालय प्रमुखको जिम्मेवारी

काठमाडौं – राष्ट्रिय खेलकुद् परिषद् (राखेप)का वरिष्ठ अधिकृत कमल खनाललाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी तथा व्यवस्थापन समितिको सचिवालय प्रमुखको जिम्मेवारी दिएको छ।

राखेपले कुशल प्रशासकका रुपमा चिनिएका खनालसँग राखेपका महत्वपूर्ण विभाग प्रशासन विभाग तथा खेलकुद विकास विभागको प्रमुख भइ काम गरेको अनुभव रहेको बताउँदै उनले कुसलताकासाथ काम  गर्ने विश्वासका साथ जिम्मेवारी दिइएको जनाएको छ। 

खनालले सुदूरपश्चिमाञ्चलमा भएको छैटौं र पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदको सचिवालय प्रमुखका रुपमा समेत कार्य गरिसकेका छन्।

प्रकाशित: २७ कार्तिक २०७५ १२:०० मंगलबार

राष्ट्रिय_खेलकुद्_परिषद् कमल_खनाल