खेल

तरुण गोल्डकपको उपाधि मिक्लाजुङलाई

पाँचथर - दोश्रो तरुण गोल्ड कप फुटवल प्रतियोगिताको उपाधि मिक्लाजुङ गाँउपालिकाले जितेको छ। शुक्रवार सम्पन्न फाईनल खेलमा तुम्बेवा गाँउपालिकालाई १–० गोलले पराजित गर्दै मिक्लाजुङले उपाधि जितेकाे हाे।

जितसँगै मिक्लाजुङले १ लाख १ हजार १ सय ६६ रुपैँया नगद र ट्रफि उचालेको छ। नेपाल तरुण दलले स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको थियो। विजयी टिमलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङदेम्बे, पाँचथरका कांग्रेस सभापति नरेन्द्रकुमार केरुङले पुरस्कार र ट्रफि हस्तान्तरण गरेका थिए।

 

प्रकाशित: १६ कार्तिक २०७५ १३:४५ शुक्रबार

दोश्रो_तरुण_गोल्ड_कप फुटबल