खेल

चितवनद्वारा पाेखरासामु १ सय ४१ रनकाे विजयी लक्ष्य प्रस्तुत

काठमाडाैं - पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आजको दोश्रो खेलमा चितवनले घरेलु टोली पोखरालाई जितका लागि १ सय ४१ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४० रन जोड्यो।

चितवनका ओपनिङ् ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न नसकेपनि मध्यक्रमका ब्याट्सम्यान कप्तान पारस खड्का र सन्नी पटेलले महत्वपूर्ण इनिङ खेले। कप्तान पारस खड्काले ४४ रन जोड्दा सन्नी पटेलले अविजीत रहँदै ४६ रन जोडे। पोखराका लागि विक्रम भुसालले २ विकेट लिए।

प्रकाशित: १२ कार्तिक २०७५ ०९:२६ सोमबार

पीपीएल