खेल

पोखरा प्रिमियर लिगः टस जितेर चितवन राइनोज बलिङ गर्दै

पोखरा – पोखरा प्रिमियर लिग (पिपिएल)को आज हुने पहिलो खेलमा चितवन राइनोज र बुटवल ब्लास्टर्सबीच  प्रतिस्पर्धा हुँदैछ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रिमियर लिगमा टस जितेर चितवनले बलिङ रोज्दै बुटवललाई ब्याटिङको निम्तो दिएको छ।

चितवन राहिनोज नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्काको नेतृत्वमा रहेको छ भने बुटवल ओपनर बलर सोमपाल कामीको कप्तानीमा रहेको छ।

यसैगरी आज दोस्रो खेल दिउँसो १ बजे हुने छ। दोस्रो खेलमा काठमाडौं रोयल्स र धनगढी ब्लूज भिड्ने छन्।

प्रकाशित: १० कार्तिक २०७५ ०३:१६ शनिबार

पोखरा_प्रिमियर_लिग