खेल

महिला फुटबल टोलीकाे बिदाई

काठमाडाैं - म्यानमारमा आयोजना हुने ओलम्पिकका लागि एसियाली छनोट प्रतियोगितामा सहभागि हुन जाने नेपाली महिला टोलीकाे बिदार्इ गरिएकाे छ। विहिबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले एन्फा भवनमा टाेलीलार्इ बिदाई गरेका हुन्।

नेपाली टोलीमा २२ खेलाडी, दुई प्रशिक्षक, एक टोली नेता र एक ब्यवस्थापक रहेका छन्। प्रशिक्षकमा हरि खड्का र मृगेन्द्र प्रसाद मिश्र, टोली नेतामा दिर्घ बहादुर के.सी. र ब्यवस्थापकमा कमला हिराचन थकाली रहेका छन्। नेपाली टोलीको समूहमा भारत, म्यानमार र बंगलादेश रहेका छन्। नेपालले ८ नोभेम्बरमा भारत, ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली टोलीले पहिलो पटक ओलम्पिक छनोट प्रतियोगितामा सहभागिता जनाउन लागेको हो।

यस अघि नेपाली टोलीले चाईनामा तीन मैत्री पूर्ण खेल खेल्ने छ । नेपाली टोलीले अक्टोबर २९ र ३१ तारिखमा बेईजिङ्ग फोनिक्स महिला फुटबल टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको एन्फाले जनाएको छ। यस्तै ३० तारिखमा बेईजिङ्ग स्पोर्टस् युनिभर्सिटीसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम रहेको छ। नेपाली टोली नोभेम्बर २ तारिख चाईनाबाट म्यानमार प्रस्थान गर्नेछ। नेपाली टोली शुक्रबार चाईना प्रस्थान गर्नेछ।

 

प्रकाशित: ८ कार्तिक २०७५ १२:३४ बिहीबार

महिला_फुटबल