खेल

च्याम्पियन्स लिगः बोरुसिया डर्टमण्डसँग एथ्लेटिको मड्रिडको फराकिलो हार

काठमाडौं – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको समूह  ‘ए’ को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले स्पेनिस क्लब एथ्लेटिको मड्रिडलाई ४–० ले हराएको छ।

घरेलु मैदानमा भएको खेलमा डर्टमण्डको जितमा ३८ औं मिनेटमा विट्सल, ७३ र ८९ औं मिनेटमा राफेल ग्वीरेरो तथा ८३ औं मिनेटमा सान्चोले गोल गरेका थिए। एथ्लेटिको भने डर्टमण्डको अगाडि निरीह बनेको थियो। जितसँगै ३ खेलबाट ९ अंक जोडेको डर्टमण्ड शीर्ष स्थानमा उक्लिदा ६ अंक जोडेको एथ्लेटिको दोस्रो स्थानमा छ।

यही समूहको अर्को खेलमा फ्रान्सेली क्लब मोनाको र बेल्जियमको क्लब ब्रुगसँग १–१ को बराबरी खेलेको छ। बराबरीपछि एक–एक अंकका साथ मोनाको र ब्रुग तेस्रो र चौंथो स्थानमा छन्।

प्रकाशित: ८ कार्तिक २०७५ ०७:०४ बिहीबार

च्याम्पियन्स_लिग बोरुसिया_डर्टमण्ड